`

प्रेमको मनोविज्ञानयुक्त ‘कैसा मन मस्ताना प्यारे’  

Nepal One HD २१ जेठ २०८१ १४:०१
मनोरञ्जन

काठमाडौँ । गीतकार डा हेमन्त खतिवडाद्वारा लिखित हिन्दी गीतसङ्ग्रह ‘कैसा मन मस्ताना प्यारे’ ( कस्ता रमाइला मेरा प्रिय )  प्रकाशन भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई समेटिएको छ ।

ॐ प्रकाशन दिल्लीले प्रकाशन गरेको कृतिका रहेका दुई सय  गीत प्रेम गीतको प्रचलित परम्पराभन्दा फरक किसिमले लेखिएका छन् र प्रेमका विविध स्वरूपलाई विभिन्न आयामबाट व्याख्या गरिएको जिकिर गरिएको छ ।

गीतकार डा खतिवडा भन्छन्, “प्रेम सतही विषय नभई यसको आफ्नै दर्शन छ ।  प्रेम गीतलाई म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।” सङ्ग्रहमा रहेका गीतमा प्रेमको मनोविज्ञान अनौठो तवरले घुलन भएको बताइएको छ । 

कृतिमा  चार गीत नेपालसँग सम्बन्धित पनि छ, जसले गौतम बुद्ध, मुस्ताङको सेरोफेरो, नेपाली संस्कृति र जनजीवनलाई समेटेको प्राकृतिक चिकित्सक पनि रहनुभएका गीतकार खतिवडाले जानकारी दिए। 


प्रतिक्रिया