`

नेपालले नेदरल्याण्ड्सलाई दियो १ सय ७ रनको लक्ष्य

Nepal One HD २२ जेठ २०८१ २३:४५
खेलकुद

काठमाडौं । आइसीसी टी–२० विश्वकपअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १ सय ७ रनको लक्ष्य दिएको छ । अमेरिकाको डाल्लसस्थित ग्राण्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि १ सय ७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल १९.२ ओभरमा १ सय ६ रनमा अलआउट भयो । कप्तान रोहित पौडेलले ३७ बलमा ३५ रन बनाए । त्यस्तै करण केसीले २ छक्कासहित १२ बलमा १७ रन बनाए । गुलशन झाले १५ बलमा १ चौका प्रहार गरि १४ रन बनाए । अविनाश बोहरा पहिलो बलमा आउट भए । त्यसैगरी, आसिफ शेख ८ बलमा ४ रन बनाई आउट भए ।

नेपालको ब्याटिङ धरासायी बनाउन समेट्न नेदरल्यान्ड्सका टिम प्रिगल र लोगान भान विकले समान तीन विकेट लिए । पाउल भान मिकेरेन र बास डे लिडेले समान दुई विकेट लिए । प्रतियोगिताको समूह ‘डी’ मा रहेका दुवै टिमको यो पहिलो खेल हो । यो समूहमा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् ।


प्रतिक्रिया