`

वाग्मतीलाई कराते प्रतियोगिताको उपाधि

Nepal One HD २४ जेठ २०८१ २१:५२
खेलकुद

काठमाडौँ । नेपाल कराते महासङ्घको आयोजनामा भएको ५६औँ राष्ट्रिय कराते प्रतियोगिताको उपाधि वाग्मती प्रदेशले जितेको छ । कूल १५ स्वर्ण, आठ रजत र १० कास्यपदकका साथ वाग्मती समग्रमा टिम च्याम्पियन बनेको हो ।

सातदोबाटोस्थित कराते हलमा बिहीबार भएको प्रतियोगितामा १५ स्वर्ण, २ रजत र ३ कास्य जितेको नेपाल प्रहरी दोस्रो भयो । तेस्रो स्थानको कोशी प्रदेशले ११ स्वर्ण हात पार्यो ।  

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, आयोजक महासङ्घका अध्यक्ष युवराज लामालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर । तीनदिने  प्रतियोगितामा करिब पाँच सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।


प्रतिक्रिया