नेपाल र श्रीलंकाबीचको खेल महानगरले टुँडिखेल, हाँडीगाउँ डवली र तीनकुनेबाट प्रत्यक्ष देखाउने

खेलकुद

काठमाडौँ । आइसीसी टी–० विश्वकप क्रिकेटका नवौँ संस्करणमा बुधबार बिहान नेपाल र श्रीलंकाबीच हुने खेललाई काठमाडौँ महानगरपालिकाले वडा नम्बर ५ हाँडीगाउँको सानो गौचरण र वडा नम्ब७ चावहिलको गणेशस्थानबाट प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ । खेलको प्रत्यक्ष प्रदर्शन तयारी गरिएको वडाध्यक्षहरु वीरेन्द्र प्रजापती र विमलकुमार होडाले जानकारी दिए ।
खेल संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समय अनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ ।
क्रिकेट खेलप्रेमी धेरै दर्शकलाई एउटै ठाउँमा सँगै बसेर उत्साहजनक वातावरणमा खेल हेर्न महानगरपालिकाले ठूला एलइडी स्क्रीन राख्दैछ ।
यस अघि भएको खेल टुँडिखेल, हाँडीगाउँ डवली र तीनकुनेबाट प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट