मोरङको सुन्दरहरैंचामा जंगली हात्तीको छावा मृत फेला

समाज

विराटनगर । मोरङको सुन्दरहरैंचा–६ मा जंगली हात्तीको छावा मृत फेला परेको छ । बुधबार बिहान स्थानीय दुर्गा मन्दिर टोल नजिक भक्तराज लिम्बुको केरा बगानभित्र भाले छावा मृत फेला परेको हो ।
अन्दाजी ५–६ वर्षको जस्तो देखिने हात्तीको छावा कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने यकिन हुन बाँकी रहेको लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवम् अधिकृत अमृतविलाश पन्तले बताए ।
छावाको सुँडको छेउमा सामान्य चोट देखिएको उनले बताए । कोशी टप्पु वन्यजन्तु आरक्षको टोली अनुसन्धानका लागि घटनास्थल तर्फ जाँदैछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट