अफगानिस्तानमा १९ प्रतिशत बालबालिका बालश्रममा संलग्न


अफगानिस्तानमा १९ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेको संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) को अफगानिस्तान कार्यालयले बुधबार जनाएको छ । “श्रम तथा सामाजिक मामिला मन्त्रालयले बालश्रम रोक्न र उनीहरुको परिवारलाई सहयोग गर्न पहल गरिरहेको छ ।
मन्त्रालयले अनाथ बालबालिकाका लागि तालिम केन्द्रहरू सक्रिय गरेको छ र बालबालिकालाई अन्य सहयोगका साथसाथै व्यावसायिक तालिम पनि उपलब्ध गराएको छ”, मन्त्रालयका प्रवक्ता समिउल्लाह रहिमीले भन्नुभयो । अफगानिस्तानको राजधानी काबुलको देहसाब्ज जिल्लामा रहेको इँटा कारखानामा काम गर्ने अफगान बालक फोलादले सिन्ह्वालाई भन्नुभयो, “मलाई विद्यालय जान मन छ, तर म सक्दिन ।
हामी (हाम्रो परिवार) ऋणमा छौँ र म गरिबीका कारणले मेरो पढाइलाई निरन्तरता दिन सक्दिन । यदि सरकारले मेरो परिवारलाई सहयोग गर्छ भने म विद्यालय जान सक्छु र पढाइ जारी राख्न सक्छु ।” अफगानिस्तानमा चार दशकको युद्ध र चरम गरिबीले धेरै बालबालिकालाई बालश्रमका रूपमा काम गर्न वा सडकमा कार धुनेदेखि जुत्ता चम्काउनेसम्मको लागि सङ्घर्ष गर्न बाध्य पारेको छ ।