`

गङ्गा नदीमा १७ श्रद्धालु बोकेको डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

Nepal One HD २ असार २०८१ २०:१३
विश्व

पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा १७ श्रद्धालु बोकेको डुङ्गा पल्टिएको छ । अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा ६ जना बेपत्ता भएका छन् भने ११ जना सकुशल छन् ।

बारहका एसडिएम शुभम कुमारले भन्नुभयो, “यहाँ एउटा सानो डुङ्गा पल्टिएको थियो । डुङ्गामा १७ जना सवार थिए, तीमध्ये ११ जना सकुशल छन् भने छ जना बेपत्ता भएका छन् ।”

प्रतिक्रिया