फ्रान्समा ‘स्टड फार्ममा’ आगलागी हुँदा ७० घोडा मरे

विश्व

उत्तरपश्चिमी फ्रान्सको एक स्टड फार्ममा लागेको आगलागीमा ७० वटा घोडा मरेको स्थानीय सरकारले आइतबार जनाएको छ ।क्याल्भाडोस, नर्मन्डीको बर्नेस्क स्टड फार्ममा रहेको पाँच सय वर्गमिटर शेडमा आगो आइतबार बिहानै आगो लागेको थियो । उक्त शेड घोडाहरू प्रजनन गर्न समर्पित थियो । आइतबार साँझ पनि अग्निनियन्त्रकहरू घटनास्थलमा थिए ।
स्थानीय अधिकारीले भन्नुभयो, “जाँचहरू आवश्यक रहेको छ । यहाँ ७० घोडा मरेको रिपोर्ट गरिएको छ । यसमा घोडी र बच्चाहरु समेत रहेका थिए ।”आगलागीको कारण आकस्मिक भएको हुनसक्ने अनुमान गरिए पनि प्रहरीले घटनाको यकिन कारण पत्ता लगाउन आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट