मोरङको ग्रामथान पालिकाका अध्यक्ष गच्छदारको निधन

समाज

मोरङ, ३ असारः मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको आज निधन भएको छ । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी गच्छदार गत माघ महिनादेखि मस्तिष्कघात भई उपचाररत हुनुहुन्थ्यो ।
उहाँको उपचारकै क्रममा आज निधन भएको कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले जानकारी दिनुभयो । स्व गच्छदारको अन्त्येष्टि मङ्गलबार गरिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट