`

सन्दीप, रोहित र दीपेन्द्रले ग्लोबल टी-२० लिग खेल्ने

Nepal One HD ८ असार २०८१ ९:०६
खेलकुद

काठमाडौं । ग्लोबल टी-२० क्यानाडामा नेपालका तीन खेलाडीले खेल्ने भएका छन् । लेगस्पिनर सन्दीप लामिछानेसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले पनि खेल्ने पक्का भएको छ ।

नेपालका कप्तान रोहितले टोरन्टो नेश्नल्सबाट खेल्ने भएका हुन् । शुक्रबार भएको ड्राफ्टको ११ औं राउन्डमा टोरन्टोले १२ हजार ५०० डलरमा रोहितलाई अनुबन्ध गरेको हो । रोहितको पहिलो विदेशी फ्रेन्चाइज अनुबन्ध हो । यसैगरी भ्यानकुभर नाइटमा भने नेपालका २ जना खेलाडी अनुबन्ध भएका छन् । सन्दीप नेपालबाट सर्वाधिक फ्रेन्चाइज खेल्ने खेलाडी हुन् ।

सन्दीप पछि दोस्रो फ्रेन्चाज क्रिकेट खेलेका ऐरी पनि एउटै टिममा छन् । सन्दीपलाई भ्यानकुभरले ३० हजार डलरमा अनुबन्ध गरेको हो । उनलाई आठौं चरणको ड्राफ्टबाट टिमले पिक गरेको थियो । यसैगरी नवौं चरणको ड्राफ्टमा ऐरीलाई १७ हजार ५ सय डलमा अनुबन्ध गरेको छ । ग्लोबल टी २० क्यानडा जुलाई २५ तारिखदेखि सुरुहुने छ ।


प्रतिक्रिया