कोपा अमेरिका फुटबलमा अमेरिकाको विजयी सुरुवात

खेलकुद

काठमाडौँ । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुवात गरेको छ । समूह सीको पहिलो खेलमा अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो ।
टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले एक एक गोल गरे । खेल सुरु भएको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा पुलिसिसले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए ।
४४ औं मिनेटमा पुलिसिसको पासमा फ्लोरिनले थप १ गोल गरेपछि अमेरिका पहिलो हाफमै २–० को सहज अवस्थामा पुगेको थियो । सोही अग्रता अन्तिम समयसम्म जोगाउँदै अमेरिकाले समूह सीको पहिलो खेलमा जित निकाल्न सफल भयो । जितसँगै अमेरिका ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट