`

स्मिता दाहालको ‘ज्यानमाया’

Nepal One HD १४ असार २०८१ २०:२६
मनोरञ्जन

काठमाडौं । गायिका स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ। दाहालले शुक्रबार ‘ज्यानमाया’ बजारमा ल्याएकी हुन् ।

नवराज ढुंगानाको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन्। गीतको भिडियोमा प्रियंका कार्की र कविता नेपालीसहित सरोज वली देखिएका छन् । श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो छायांकन र सम्पादन पवन सुस्लिङले गरेका छन्। भिडियो निर्देशन गम्भिर विष्टले गरेका छन्।


प्रतिक्रिया