रोहित र विराटले लिए टी–२० बाट सन्यास

खेलकुद

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी– ट्वान्टी आईबाट सन्यासको घोषणा गरका छन् । फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले यो आफ्नो अन्तिम खेल भएको बताए ।
भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए। सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए ।
शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी– ट्वान्टी विश्वकप जितेको थियो। यसअघि भारत सन् २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बनेको थियो। रोहित त्यतिबेला पनि टोलीका सदस्य थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट