राप्ती नदीको बाढीले बगाएर एकजना बेपत्ता, दुईजनाको सकुशल उद्धार

समाचार

दाङ । दाङको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेका मध्य दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन् ।
राजपुर गाउँपालिका–२ का किसान दूध बिक्री गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीन जना सँगै रहेपनि एक जनालाई बाढीले बगाएको, दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेका थिए ।
सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्धार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।
राजपुर–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको छ । उनीहरू सँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादवलाई बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । यादवको खोजी कार्य जारी राखिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट