`

तोलामा  नौ सय रुपैयाँले घट्यो सुनको मूल्य

Nepal One HD २५ असार २०८१ ११:३७
अर्थ समाचार

काठमाडौँ ।  सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबारका लागि भने  एक लाख ४४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।


यस्तै, सोमबार प्रतितोला  एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबारका लागि भने  एक लाख ४३ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार प्रतितोला  एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबारका लागि भने  एक हजार आठ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।


प्रतिक्रिया