`

काममा ढिलासुस्ती गर्ने चार निर्माण कम्पनी कालोसूचीमा

Nepal One HD २ साउन २०८१ ८:४५
अर्थ समाचार

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको छ । बुधबार सूचना जारी गर्दै कार्यालयले काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

कालोसूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। ।

बीएस भैरवशक्ति निर्माण सेवा डोटी, मस्टा जबीडी कन्डक्टसन इन्जिनियरिङ काठमाडौँसहितका निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया