कोरला नाकामा एकीकृत भवन निर्माण

अर्थ समाचार

गलेश्वर (म्याग्दी) । गत कात्तिकदेखि पुनः सञ्चालनमा आएको कोरला नाकामा भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गरिएको छ ।
गण्डकी प्रदेश, पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत सुरक्षा निकायका लागि आवश्यक भौतिक संरचना तथा उद्धार केन्द्रका लागि ४० लाख २५ हजार रुपैयाँको लागतमा एकीकृत भवन निर्माण गरिएको हो ।
सीमा क्षेत्रमा सुरक्षा र राजस्व सङ्लन गर्नका लागि भन्सार कार्यालय सञ्चालन गर्नेगरी प्रि–फाइप प्रविधिको ६ कोठे एकतले भवन निर्माण गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सव–इञ्जिनीयर कमल पहारीले जानकारी दिए ।
कोरला नाकाको नेपालतर्फ एउटा पनि भवन नहुँदा भन्सारका कर्मचारी, सुरक्षाकर्मी, व्यापारी र पर्यटकलाई आवतजावतमा निकै समस्या हुने गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट