`

जाजरकोटमा खोलाले बगाउँदा १३ वर्षीय बालक बेपत्ता

Nepal One HD ४ साउन २०८१ ६:५५
समाचार

काँक्रेविहार (सुर्खेत-जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । स्याली खोलाले बगाउँदा बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा बेपत्ता भएका हुन् ।

बिहीबार दिउँसो गोठालो गएका बेला खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ 

प्रतिक्रिया