इन्डोनेसियाको बाली टापुमा हेलिकप्टर दुर्घटना हुँदा पाँच घाइते

विश्व

इन्डोनेसियाको रिसोर्ट टापु बालीमा शुक्रबार पाँच जना सवार हेलिकप्टर दुर्घटना हुँदा पाइलट र चार यात्रु घाइते भएको एक वरिष्ठ उद्धारकर्ताले बताएका छन् ।उक्त घटना स्थानीय समयअनुसार १४ः३७ बजे भएको बाडुङ रिजेन्सी टापुमा रहेको खोज तथा उद्धार कार्यालयका प्रमुख आई न्योमन सिडाकार्यले बताउनुभयो ।
घटनामा दुई जना गम्भीर घाइते भएका छन् भने तीन जना सामान्य घाइते भएका छन् । घाइते सबैलाई तुरुन्तै आरएस सिलोम अस्पताल लगिएको सिडकार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट