सिङ्गापुरद्वारा गाजाका लागि नयाँ मानवीय सहायता प्रदान

विश्व

सिङ्गापुरले गाजालाई करिब तीन टन प्याक गरिएको सानो माछाको पैकेट र एक हजार टन चामल हस्तान्तरण गर्न सोमबार एक समारोह आयोजना गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गाजामा आपूर्तिहरू ढुवानी गर्न सिङ्गापुरले संयुक्त अरब इमिरेट्स र साइप्रससँग काम गर्नेछ ।
सिङ्गापुरको परराष्ट्र मन्त्रालयले भनेको छ, “हामी तत्काल मानवीय युद्धविरामका लागि हाम्रो आह्वान दोहो¥याउँछौं । साथै हामी सबै पक्षलाई गाजामा प्रभावित नागरिकहरूलाई मानवीय सहायताको तत्काल, सुरक्षित र निर्बाध प्रावधानका लागि अनुमति दिन आग्रह गर्दछौँ ।”
सिङ्गापुरले गाजालाई एक करोड ७० लाख सिङ्गापुर डलर (एक करोड २६ लाख अमेरिकी डलर) भन्दा बढीको आपूर्ति दान गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट