`

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि

Nepal One HD १३ साउन २०८१ ११:४२
अर्थ समाचार

काठमाडौँ । आइतबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि  एक लाख ४५ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।


शुक्रबार प्रतितोला  एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको छ ।


यसैगरी चाँदीको मूल्य आज तोलामा  १० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला  एक हजार सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ४० रुपैयाँ निर्धारण भएको छ ।


प्रतिक्रिया