`

नेपाल प्रिमियर लिगको फ्रेन्चाइजका लागि क्यानले खोल्यो आवेदन

Nepal One HD १८ साउन २०८१ १४:२९
खेलकुद

काठमाडौं  । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग क्रिकेटको फ्रेन्चाइज लिगका लागि आवेदन खुला गरेको छ ।

क्यानले शुक्रबार  सूचना जारी गर्दै फ्रेन्चाइज लिनका लागि रिक्वेस्ट फर प्रपोजल (आरएफपी) सार्वजनिक गरेको हो ।

जसमा स्वदेशी तथा विदेशी कम्पनीहरुलाई फ्रेन्चाइज क्रिकेटमा लगानी गर्नका लागि आह्वान गरिएको छ ।

क्यानले एनपीएनको फ्रेन्चाइज टिम लिनका लागि विभिन्न योग्यता र प्रक्रियाहरु समेत सूचनामा उल्लेख गरेको छ ।

जसअनुसार यही अगष्ट १६ सम्म इच्छयुक कम्पनीहरुले फ्रेन्चाइज लिनका लागि बिड गर्न सक्नेछन् । त्यसका लागि १ लाख रुपैया नन रिफण्डेबल फि तिरेर फर्म भर्नुपर्नेछ ।

बिडिङ गर्ने कम्पनी कम्पनी रजिस्टारको कार्यलयमा दर्ता हुनुपर्ने, कम्पनी भ्यालु एडेड ट्याक्स (भ्याट) अन्तर्गत रही ट्याक्स क्लियरेन्स गरेको हुनुपर्ने र विदेशी बिडरका लागि नेपाली कम्पनीसँग जोइन्ट भेन्चरमार्फत सहभागि हुन सक्ने उल्लेख छ ।

यस्तै बिडिङ गर्न चाहने कम्पनीको रेकर्ड क्लिन हुनुपर्नेछ । कम्पनीको इतिहासमा आपराधिक आरोप, वित्तिय फ्रड, मनी लाउण्ड्ररिङ लगायत अन्य अपराधिक क्रियाकलापमा नजोडिएको हुनुपर्नेछ ।

एनपीएल आगामी नोभेम्बर/डिसेम्बरमा गर्ने क्यानले यसअघि नै निर्णय गरिसकेको छ ।

गत वर्ष क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग मिले नेपाल टी२० लिग बयोजना गरेको थियो । तर उक्त प्रतियोगितामा म्याच फिक्सिङ जस्ता नकरात्मक घटना भएकोले क्यानले ठूलो आलोचना व्यहोर्नुपरेको थियो ।

लिग सुरु भएपछि सेभेन थ्री स्पोर्ट्सका व्यक्तिहरु नेपालबाट हिँडेपछि लिग नै थप समस्यामा परेको थियो । तर क्यानले जसोतसो लिग भने सम्पन्न गरेको थियो ।


प्रतिक्रिया