`

भारतको लगातार दोस्रो जित, रोमाञ्चक खेलमा इरानले श्रीलंकालाई हरायो

Nepal One HD १८ साउन २०८१ १७:४८
खेलकुद

काठमाडौं । भारतले काभा वुमन्स भलिबल नेसन्स लिगमा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई सहजै सोझो सेटमा पराजित गर्‍यो ।

भारतले माल्दिभ्सलाई २५-६, २५-११, २५-१० ले पराजिच गरेको हो ।

लगातार दोस्रो जितपछि भारत ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा भारतले इरानलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

आजै भएको पहिलो खेलमा इरानले श्रीलंकामाथि रोमाञ्चक जित हात पार्‍यो । इरानले श्रीलंकालाई २५–२०, २५–१२, २२–२५,१३–२५, १५–११ ले पराजित गरेको हो ।

इरानले सुरुवाती दुई सेट आफ्नो पक्षमा पार्दै जितनजिक पुगेपनि श्रीलंकाले लगातार दुई सेट जितेर खेलमा पुनरागमन गरेको थियो । तर पाँचौ तथा निर्णायक सेट १५-११ ले आफ्नो पक्षमा पार्दै इरानले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

पाँच सेटमा खेल जितेकोले इरानले २ अंक मात्र जोड्दा श्रीलंकाले पनि १ अंक जोड्न सफल भयो । श्रीलंका पहिलो खेलमा नेपालसँग सोसो सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा शनिवार घरेलु टोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल जितेको नेपालको ३ अंक छ । अहिलेसम्म नेपालले भारतलाई हराउन सकेको छैन । नेपाली टोली भारत विरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

यस्तै शनिवारै इरान र माल्दिभ्सबीच पनि खेल हुनेछ ।


प्रतिक्रिया