कुपन्डोलस्थित बागमती नदी किनारमा पुरुषको शव फेला

प्रमुख खबर

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरुषको शव फेला परेको छ । आइतबार बिहान ८ बजे ललितपुर महानगरपालिका–१ को वडा कार्यालयनजिक बागमती किनारमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बाढीले बगाएको जस्तो शव फेला परेको जानकारी दिए । अहिलेसम्म शवको पहिचान खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट