`

बाढीका कारण २५ दिनदेखि अवरुद्ध पश्चिम चीनको रेलमार्ग पुनः सञ्चालनमा

Nepal One HD २७ साउन २०८१ ७:५४
विश्व

बाढीका कारण उत्पन्न भौगर्भिक प्रकोपका कारण २५ दिनदेखि अवरुद्ध पश्चिम चीनको प्रमुख (बाओजी–छेन्दु) रेलमार्ग शनिबारदेखि पुनः सञ्चालनमा आएको छ ।गत जुलाई १६ र १७ मा आएको बर्षापछिको बाढी र डुबानका कारण सान्सी प्रान्तको बाओजी शहरलाई सिचुआन प्रान्तको राजधानी छेन्दुसँग जोड्ने रेलमार्गका विभिन्न खण्डमा ७० भन्दा बढी स्थानमा अवरोध आएको थियो ।

जुलाई १७ मा आएको बाढीले रेलमार्गको एक खण्ड आन्हे पुल भत्काएको थियो । विपत्ति पछि उक्त रेलमार्गमा रेल यातायात सेवाहरू अवरूद्ध भएका थिए वा अन्य मार्गहरूमा डाइभर्ट गरिएको थियो ।

चाइना रेलवे सियान ब्यूरो ग्रुप कम्पनी लिमिटेडले उक्त खण्डको अवरूद्ध रेलमार्गस्थलको अस्थायी मर्मतपछि शनिबारदेखि सेवालाई पुनः सञ्चालनमा ल्याएको छ । यो रेलमार्ग सन् १९५८ मा सञ्चालनमा ल्याइएको थियो र यो देशको पहिलो विद्युतीय रेलमार्ग बनेको छ ।


प्रतिक्रिया