`

महिला फ्रेन्चाइज लिग भलिबलका लागि ६ मार्की प्लेअर घोषणा

Nepal One HD २७ साउन २०८१ १८:०३
खेलकुद

काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिगको लागि ६ मार्की खेलाडी घोषणा भएको छ । इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक हुन लागेको महिला भलिबलको फ्रेन्चाइज लिगका लागि आइतबार ६ टिमको मार्की खेलाडी घोषणा गरेको हो ।

एभरेष्ट वुमन्स भलिबल लिगका ६ टोलीको सहभागिता रहनेछ । हाल राष्ट्रिय टिममा रहेका र पहिलो रोजाईँका खेलाडीलाई मार्की प्लेअरको रुपमा राखिएको छ ।

जस अनुसार राष्ट्रिय टिमको कप्तान अरुणा शाही चितवनको मार्की प्लेअर छन् । यस्तै सरस्वती चौधरी गण्डकी, उषा भण्डारी काठमाडौं, निरुता ठगुन्ना मधेश, सुमित्रा रेग्मी कर्णाली तथा सलिना श्रेष्ठ ललितपुरको मार्की प्लेअरमा छन् ।
केही दिनअघि सम्पन्न काभा वुमन्स नेसन्स लिगमा गरेको प्रदर्शनका आधारमा ६ खेलाडीलाई मार्की चयन गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मिति कही दिनमा घोषणा गरिने आयोजकले जनाएको छ । यस्तै बाँकी टिम निर्माण गर्न केही दिनमा खेलाडीहरुको ड्राप्ट हुनेछ । खेलाडीलाई तीन समूहमा वर्गिकरण गरेर ड्राफ्ट गरिनेछ । हरेक टिमले ३ विदेशी खेलाडी राख्न पाउनेछन् ।

पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिगका लागि इन्फिनिटी ड्रिम्सले नेपाल भलिबल संघसँग ७ वर्षको लागि सम्झौता गरिसकेको छ ।


प्रतिक्रिया