एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज भुटानको पारोसँग पराजित

खेलकुद

काठमाडौं । चर्च ब्वाईज युनाईटेड विरुद्ध पुनरागमन जित निकाल्दै भुटानी क्लब पारो एफसी एएफसी च्यालेन्ज कप प्लेअफमा विजयी हुँदै समूह चरणमा प्रवेश गरेको छ ।
दशरथ रंगशालमा मंगलबार भएको खेलमा लकेन लिम्बुको गोलमा ३८ औं मिनेटमा चर्च ब्वाईजले सुरुवाती अग्रता लिएको थियो ।
तर किङ्गा वाङ्चुक र विलियम ओपोकुको गोलमा पारो एफसीले पुनरागमन जित निकालेको हो । किङ्गाले ४०औं मिनेटमा बराबरि गोल गरृका थिए । विलियम ओपोकुले ६६ औं मिनेटमा विजयी गोल गरे ।
जितपछि पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ । चर्च ब्वाईज बाहिरिएको छ । भुटानी क्ललले सिनियर स्तरमा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट