`

एभरेष्ट वुमन्स भलिबल लिगको खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक

Nepal One HD ३२ साउन २०८१ २१:५०
खेलकुद

काठमाडौं । भलिबल एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) को खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक भएको छ ।

आयोजक इन्फिनिटी ड्रिम्सले शुक्रबार नेपाली खेलाडीको सूची र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ ।

पहिलो पटक हुन लागेको महिला फ्रेन्चाइज भलिबल लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक इन्फिनिटी ड्रिम्सले ६ फ्रेन्चाइजका मुख्य प्रशिक्षकहरूको बैठकमा भएको ड्राफ्ट र समझदारीका आधारमा नेपाली खेलाडीको सूची सार्वजनिक गरेको जनाएको छ ।

ड्राफ्टमार्फत सार्वजनिक सूचीमा क्याटेगोरी एका १ खेलाडी छन् भने क्याटेगोरी बी बाट ४ तथा क्याटेगोरी सी बाट ३-३ खेलाडी छन् ।

आयोजकले यसअघि नै ६ टोलीको मार्की खेलाडीको नाम सार्वजनिक गरिसकेको छ ।

पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा काठमाडौं, ललितपुर, चितवन, गण्डकी, मधेश र कर्णालीको फ्रेन्चाइज टोली सहभागि छन् ।

राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही चितवन शक्तिको मार्की प्लेअर छिन् भने सरस्वती चौधरी गण्डकी, सलिना श्रेष्ठ ललितपुर, निरुता ठगुन्ना मधेश, उषा भण्डारी काठमाडौं र सुमित्रा रेग्मी कर्णालीको मार्की प्लेअर छन् ।

यस्तो छ खेलाडी र प्रशिक्षकको सूची

कुन टिममा कुन खेलाडी?

टिम गण्डकी : सरस्वती चौधरी ‘ए’, प्रगति नाथ ‘बी’, लक्ष्मी चन्द ‘बी’, रिमा कुँवर ‘बी’, कविता भट्ट ‘बी’, आरति चौधरी ‘सी’, स्नेहा ठगुन्ना ‘सी’, सरस्वती जैशी ‘सी’

टिम काठमाडौं :उषा भण्डारी ‘ए’, आरती सुवेदी ‘बी’, कोपिला राना ‘बी’, कमला पुन ‘बी’, उषा विष्ट ‘बी’, निशा महर ‘सी’, वसन्ती साउद ‘सी’, रश्मिता दुरा ‘सी’

प्रशिक्षक : जगदीश प्रसाद भट्ट

प्रशिक्षक : रुपेश कुमार विष्ट

टिम मधेश: निरुता ठगुन्ना ‘ए’, पुजा थारु ‘बी’, संगम महतो ‘बी’, शान्ति तामाङ ‘बी’, हिरा केसी ‘सी’, आशिक क्षेत्री ‘सी’, एलिशा मानन्धर ‘सी’

प्रशिक्षक : भरत यादव

टिम ललितपुर : सलिना श्रेष्ठ ‘ए’, पुनम चन्द ‘बी’, कामना विष्ट ‘बी’, सफिया पुन ‘बी’, निशा चौधरी ‘बी’, अनुषा चौधरी ‘सी’, नेहा चौधरी ‘सी’, भावना तामाङ ‘सी’

प्रशिक्षक: उत्सव खड्का

टिम कर्णाली : सुमित्रा रेग्मी ‘ए’, मिना सुनार ‘बी’, मनिषा चौधरी ‘बी’, यमुना रसाइली ‘बी’, सुनिता राई ‘बी’, सृष्टि खड्गी ‘सी’, गरिमा बोहोरा ‘सी’, पशुपति बोहोरा ‘सी’

प्रशिक्षक : कुमार राई

चितवन शक्ति: अरुणा शाही ‘ए’, सलिना बुढा मगर ‘बी’, जेनिशा विश्वकर्मा ‘बी’, एन्जिला प्रधान ‘बी’, सुनिता खड्का ‘बी’, भावना डाँगी ‘सी’, वाल्मिका आचार्य ‘सी’, सरस्वती कट्टेल’सी’

प्रशिक्षक : अर्जुन घिमिरे


प्रतिक्रिया