`

नेपालले एसिया छनोट क्रिकेट  आयोजना गर्ने

Nepal One HD १ भदौ २०८१ १४:१६
खेलकुद

काठमाडौँ । नेपालले आइसिसी  १९ वर्षमुनि ९यू–१९० क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट–२०२५ को आयोजना गर्ने भएको छ ।

आगामी अप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।  


प्रतिक्रिया