`

साफ यू–२० मा नेपालको विजयी सुरुवात

Nepal One HD २ भदौ २०८१ १८:३१
खेलकुद

काठमाडौं । आइतबारदेखि सुरु भएको साफ यू–२० फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकालाई १–० गोलले पराजित गर्यो ।

नेपालको जितमा निराजन धामीले २४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यो नजितासँग दुई पटकको च्याम्पियन नेपाल ३ अंकसहित समूह ए को शर्षि स्थानमा छ ।

पाहुना टोली श्रीलंकाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । अब नेपालले आगामी बिहीबार हुने आफ्नो लिगको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्नेछ । श्रीलंकाले भने मंगलबार बंगलादेशको सामना गर्नेछ । भोलि समूह बी अन्तर्गतको पहिलो खेलमा भुटान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया