म्याग्दी युवती बेपत्ता घटना : सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग


म्याग्दी, ५ भदौः बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मिना परियारलाई बेपत्ता बनाइ ह त्या गरेको घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै आज बेनीमा प्रदर्शन गरिएको छ ।
दलित एकता सञ्जाल, परियार सेवा समाज र मिजार समाज म्याग्दीको संयुक्त आयोजनामा भएको ¥याली बेनी बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
गैरदलितसँगको प्रेम सम्बन्धका कारण गर्भवती अवस्थामा बेपत्ता बनाइ ह त्या गरिएकी मिनाको क ङ्काल भेटिए पनि सबै आरोपीलाई पक्राउ गरी अनुसन्धान छिटो अगाडि बढाउन दबाबका लागि प्रदर्शन गर्नु परेको परियार सेवा समाजका अध्यक्ष प्रेम परियारले बताउनुभयो ।
“छ महिनाकी गर्भवती मिनालाई बेपत्ता बनाउने उनका प्रेमी राम खत्रीलगायत पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छौँ”, मिनाकी भाउजु कमला बर्देवाले भन्नुभयो, “जङ्गलमा गा डिएको अवस्थामा भेटिएको क ङ्काल, गहना र कपडा मिनाकै भएको पहिचान गरेर जाहेरी दिए पनि प्रक्रियाको बहानामा सबै आरो पीलाई पक्राउ नगर्दा दोषी उम्कने खतरा छ ।”
विसं २०८० पुस १६ गतेदेखि मिना बे पत्ता थिइन् । गत साउन २७ गते बेनी नगरपालिका–९ आँखखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा भेटिएको मानव क ङ्काल, सुनको सिक्री, कपडा र चप्पल उनकै भएको दाबीसहित आफन्तले गत साउन ३० गते प्रेमी राम खत्रीलगायत पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले भने जाहेरीका आधारमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरी हिरासतमा राखिएको र एक जना फरार रहेको बताउनुभयो । मिनाका प्रेमी भनिएका रामलाई यसअघि नै पक्राउ गरी अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको उहाँले जानकारी दिनुभयो ।
विधिविज्ञान प्रयोगशालामा पठाइएको क ङ्काल, सामग्री र शव परीक्षण प्रतिवेदनका आधारमा थप अनुसन्धान अघि बढाइने प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।
मानव कङ्का लको परीक्षण गरेर आफन्तलाई बुझाइए आफन्तहरुले भने क ङ्काललाई सद्गद नगरी बेनी अस्पतालको शवगृहमा राखेका छन् ।