`

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

Nepal One HD ६ भदौ २०८१ १७:५९
खेलकुद

काठमाडौं । बंगलादेशविरुद्ध २–१ गोलको जित हासिल गर्दै नेपाल साफ यु-२० च्याम्पियनसिपको समूह विजेताको रुपमा सेमिफाइनल पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालको जितका लागि समीर तामाङ र निराजन धामीले गोल गरे। यी दुबै गोल पहिलो हाफमा सम्भव भएको हो ।

नेपालले खेलको १७औं मिनेटमा समीर तामाङको गोलमा अग्रता बनाएको हो। त्यसको एक मिनेटपछि पुनः निराजन धामीले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । तर, खेलको ४२औं मिनेटमा बंगलादेशले पेनाल्टीको मौका पायो। जसमा मिरजुलले गोल गर्दै खेल २–१ को अबस्थामा ल्याए ।

त्यसपछि दोस्रो हाफमा दुबई टिमबाट कुनै पनि गोल हुन सकेन । खेलको अतिरिक्त समयमा नेपालका गोल रक्षकले सुन्दर बचाउ गर्दै नेपालको जित पक्का गरे । जितसँगै समूह ए बाट नेपाल समूह विजेता बन्यो । पराजित बंगलादेश भने उपविजेता बन्यो । नेपालले अब सेमिफाइनल समूह बी को उपविजेतासँग खेल्नेछ।


प्रतिक्रिया