मर्स्याङ्दी बस दुर्घटनामा ठूलो हताहतीको आशंका, उद्दार जारी

समाचार

दमौली । पृथ्वीराजमार्गअन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस शुक्रबार मध्यान्ह मस्र्याङ्दी नदीमा खसेको हो ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए । यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन ।
अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ । पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना ११ जना बेपत्ता, १४ जना अचेत अवस्थामा रहेका बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट