सगरमाथा युथ क्लब मोरङ ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश

खेलकुद

ताप्लेजुङ । सगरमाथा युथ क्लब मोरङ ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा घरेलु टिम सङ्घर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । इन्जुरी समयमा धकेलिएको खेलमा फाइनल प्रवेशका लागि मोरङका मिलन राईले गरेका दुई गोल पर्याप्त बने ।
सुरुवाती अग्रता लिएको मोरङविरुद्ध खेलको ६०औँ मिनेटमा ताप्लेजुङका कप्तान अनुप सेन्दाङले गोल गर्दै बराबरी गरेका थिए । निर्धारित समयमा बराबरी भएपछि खेल इन्जुरी समयतर्पm धकेलिएको थियो । उक्त समयमा मिलनले थप एक गोल गर्दै आफ्नो टिमलाई फाइनलमा पुर्याएका हुन् ।
मोरङले भोलि हुने विर्तामोड युनाइटेड फुटबल क्लब र सिराहाको सलहेस युथ क्लबको विजेतासँग उपाधिका लागि भदौ १० गते भिड्ने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट