`

साफ यू–२० च्याम्पियनसिपको फाइनल पुग्न नेपाल र भुटान भिड्दै

Nepal One HD ९ भदौ २०८१ ८:५७
खेलकुद

काठमाडौं । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदै छन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल आज दिउँसो ३ बजेदेखि शुरु हुने छ ।

यस प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनल खेल्दै छ । नेपालले समुह चरणमा श्रीलंकालाई १–० ले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै भुटान भने समुह बी मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दै छ ।

भुटानले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो भने भारतसँग १–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।


प्रतिक्रिया