`

साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

Nepal One HD १० भदौ २०८१ १७:३३
खेलकुद

काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने भएको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–४ गोलले हराउँदै बंगलादेशले नेपालसँगको भिडन्त पक्का गरेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको हो। जसमा बंगलादेशका गोलकिपर मोहमद आशिफले भारतका दुई खेलाडीको पेनाल्टी सेभ गरेका थिए ।

नेपालले आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमै हराउँदै फाइनल यात्रा तय गरिसकेको छ । फाइनल खेल आगामी बुधबार दशरथ रंगशालामा हुनेछ ।


प्रतिक्रिया