`

सिरी ए फुटबलमा युभेन्टसको लगातार दोस्रो जित

Nepal One HD ११ भदौ २०८१ ९:२८
खेलकुद

काठमाडौँ । इटालियन सिरी ए फुटबलमा युभेन्टसले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले भेरोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा डुआन भालोभिकले २ गोल गर्दा निकोलो साभोनाले एक गोल थपेका थिए । भेरोनाको मैदानमा पाहुना टोली युभेन्टसले २८ औँ मिनेटमा अग्रता लिएको थियो ।

भालोभिकले केनन एल्डिजको पासमा गोल गरेका थिए । ३९ औँ मिनेटमा निकोलो साभोनाले स्यामुएल जर्मेन तासिफुन्डाको पासमा गोल गरेपछि पहिलो हाफमा युभेन्टस २–० ले अघि रहेको थियो ।

५३ औँ मिनेटमा भालोभिकले पेनाल्टीमा गोल गरेपछि युभेन्टस ३–० को अग्रता बनाउन सफल भयो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै यो सिजनमा लगातार दोस्रो जीत निकाल्न सफल भयो ।

भेरोनाको भने यो पहिलो हार हो । इटालियन सिरी ए कै अर्को खेलमा काग्लीअरी र कोमोले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।


प्रतिक्रिया