पारस खड्काले लिजेण्ड क्रिकेट लिग खेल्ने

खेलकुद

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका पारस लिजेण्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने भएका हुन् ।
पारसलाई आउदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको जानकारी दिएको छ । लिजेण्ड लिग किक्रेटको तेस्रो सिजन आगामी सेप्टेम्बर २० देखि शुरु हुँदैछ ।
लिजेण्ड लिग क्रिकेटमा सन्यास लिएका क्रिकेटर खेल्ने गर्दछन्। लिजेण्ड लिगमा ६ टिम बीच कुल २५ खेल खेलिने बताइएको छ । तेस्रो सिजनका खेलहरु भारतको जोधपुर, सुरत र जम्मुमा हुनेछन् । यस सिजनको फाइनल खेल अक्टोबर १६ मा हुनेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट