सर्लाहीको हरिवनमा विषालु सर्पले डसेका एक युवकको मृत्यु

समाचार

बरहथवा (सर्लाही)- सर्लाहीको हरिवनमा विषालु सर्पले डसेका एक युवकको ज्यान गएको छ ।हरिवन नगरपालिका–८, चापिनी निवासी ३५ वर्षीय सागर आलेमगरको मृत्युभएको हो । आलेलाई शौचालय जाने क्रममा गोमन सर्पले डसेकामा उहाँलाई लालबन्दीस्थित सर्पदंश उपचार केन्द्र नवलपुर पुर्याइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
सर्पले डसेको परिवारले थाहा पाएपछि ढिलोगरी उपचारका लागि ल्याइएकाले समस्या भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट