कोशी प्रदेशः आमसञ्चार विधेयक दसैँ अगाडि सदनमा पेस गर्ने तयारी
राजनीति
इनरुवा (सुनसरी- कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मान्त्री लिलाबल्लभ अधिकारीले आमसञ्चार माध्यमलाई व्यवस्थापन गर्न बनेको प्रस्तावित विधेयक सदनमा पेस गर्ने तयारी भएको बताउनुभएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकामा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको संयोजनमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो ।
सुशासन, विधिको शासन र सत्यतथ्यमा आधारित भएर स्वच्छ निष्पक्ष पत्रकारिताको आधार तयार गर्नका लागि विधेयक पेस गर्ने तयारी भएको मन्त्री अधिकारीले बताउनुभयो ।
पत्रकारको हितका लागि व्यावसायीक हित, पेशागत सुरक्षा समेतलाई ध्यानमा राखेर कोशी प्रदेश आमसञ्चार माध्यम व्यवस्थापन ऐन २०८१ दसैँ अघि नै ल्याउने गरी तयारी भइरहेको उहाँले जानकार दिनुभयो । विधेयकको मस्यौदाका लागि मन्त्रालयले अग्रज पत्रकार सङ्घ तथा सस्थासंग सुझाव सङ्कलन गरिसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
