म्यान्मारको याङ्गुनमा झाडापखालाका कारण ६०० भन्दा बढी अस्पताल भर्ना

विश्व

म्यानमारको याङ्गुन क्षेत्रको ह्लिङथारिया सहरमा जुलाईदेखि सोमबारसम्म झाडापखालाका कारण ६०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरी उपचार गरिएको म्यान्माको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
स्वास्थ्य अधिकारीका अनुसार यो अवधिमा झाडापखालाका कारण दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
उहाँका अनुसार मङ्गलबारसम्म अस्पतालमा भर्ना भएका मध्ये ५७९ जना डिस्चार्ज भइसकेका छन् भने ३६ जना उपचाररत रहेका छन् ।
उहाँले भन्नुभयो, “झाडापखाला नियन्त्रणका लागि ह्लिङथार्या नगरमासामुदायिक क्लिनिकहरू स्थापना गरिएको छ, र स्वास्थ्य मन्त्रालयबाट विशेषज्ञसहितको टोली पठाएर रोग नियन्त्रणका उपायहरू अपनाइएको छ ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट