`

खेल क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालय अगाडि बढ्छः खेलकुदमन्त्री चौधरी

Nepal One HD २५ भदौ २०८१ २०:५८
खेलकुद

दोलखा, २५ भदौः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेल क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै युुवा तथा खेलकुद मन्त्रालय अगाडि बढ्ने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ दोलखाले आज आयोजना गरेको स्व भीमबहादुर तामाङ स्मृति नेविसङ्घ कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले कीर्तिपुरस्थित क्रिकेट मैदान स्तरोन्नति तीन सय दिनभित्रै पूरा गर्ने बताउनुभयो ।

उहाँले केपी ओली नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय र नेपाली खेल क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयले उक्त अभियानलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभयो । कीर्तिपुर खेलमैदानमा निर्धारित समयमा प्यारापिट, फ्लडलाइट जडान हुने उहाँको भनाइ थियो । 

मन्त्री चौधरीले पारा ओलम्पिक खेलकुदमा नेपाललाई कास्य पदक दिलाएकी तेक्वान्दोकी पलेशा गोवद्र्धनलाई सरकारकातर्फबाट कर छुट गरेर रु ६५ लाख नगद शुक्रबार हस्तान्तरण गरिने बताउनुभयो । 

दोलखालगायत हिमाली जिल्लामा पनि खेल क्षेत्रको विकासका लागि सरकारले महत्वपूर्ण योजना बनाइरहेको उहाँले बताउनुभयो ।     कार्यक्रममा नेपाली कांग्रेस दोलखाका पार्टी सभापति वर्मा लामा, नेता ईश्वर नारायण मानन्धरलगायतले मन्तब्य व्यक्त गरेका राख्नुभएको थियो । 

प्रतिक्रिया