सुनको मूल्यमा नयाँ कीर्तिमान

अर्थ समाचार

काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आइबार प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने एक लाख ५६ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट