स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुने

निर्वाचन विषेश

काठमाडौं । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैकठले आयोगको सुझाव अनुसार मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
आइतबार दिउँसो आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सुझाव दिएको थियो । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट