`

मोरङमा इलेक्ट्रिक साइकलको सोरुममा आगलागी हुदा करोडौंको क्षति

Nepal One HD ९ असोज २०८१ १८:३०
समाचार

मोरङको विराटनगर–२ मुनालपथमा रहेको इलेक्ट्रिक साइकलको सोरुममा आगलागी हुदा करोडौंको क्षति भएको छ । बुधबार दिउँसो मुनालपथमा रहेको इलेक्ट्रिक मोटरसाइकल र बाईक विक्री गर्ने भव्या इन्टरनेशनलमा आगलागी भएको थियो । कोशी राजमार्गमा पर्ने सो पसलमा इलेक्ट्रिक बाइक मर्मत गर्ने क्रममा आगलागी भएको बताइएको छ ।

आगलागीबाट इलेक्ट्रिक बाइक, स्कुटी, व्याट्री लगायतका सामग्रीहरु जलेको र करिब डेढ करोड रुपैया बराबरको क्षति भएको सो पसलका सञ्चालक मनिष बंशलले जानकारी दिनुभयो । नेपाल प्रहरी, नगर प्रहरी र नेपाली सेनाको सहयोगमा विराटनगर महानगरनगरपालिकाको ३ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया