`

हाम्रो पार्टीमाथि भइरहेको प्रहारको एकजुट भएर सामना गर्छौंः स्वर्णिम वाग्ले

Nepal One HD १० असोज २०८१ १४:५२
प्रमुख खबर

काठमाडौं । दश दिनका लागि चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीको टोली भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएको छ । गत शनिबार राति चीन पुगेको पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएको हो ।

स्वदेश फर्किएसँगै त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उपसभापति वाग्लेले सभापति रवि लामिछानेलाई मात्र नभई पार्टी संस्थामाथि नै प्रहार भएको बताएका छन् ।

उनले पार्टीमाथि कुनै राजनीतिक इगोका कारण प्रहार भइरहेकाले सबै एकजुट भएर सामना गर्नुपर्ने बताए । उनले भने, ‘यो अप्ठ्यारो घडीमा पार्टीको सभापति भनेको व्यक्ति रवि लामिछाने मात्र होइन् त्यो संस्था हो । पार्टी संस्थामाथी प्रहार भइरहेको छ एउटा ईगोका कारण हामी एकजुट भएर यसको सामना गर्नुपर्छ ।’

यस्तै, नेतृ डा. तोसिमा कार्कीले क्रान्ति उग्र मात्र नभइ अब शालीन क्रान्ति हुने बताइन् । दश दिनका लागि चीन गएको टोलीले पार्टी सभापति लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गर्ने हल्ला चलेपछि भ्रमण छोट्याएको हो । बिहीबार आठ जना फर्किएका र बाँकी ६ जना शुक्रबार फर्किनेछन् ।


प्रतिक्रिया