`

बाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

Nepal One HD ११ असोज २०८१ १०:३२
प्रमुख खबर

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका प्रधानमन्त्री ओली राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका हुन् ।

समारोहमा प्रधानमन्त्री ओलीसहित पत्नी राधिका शाक्य पनि सहभागी थिइन् । प्रधानमन्त्री ओली शनिबार स्वदेश फर्किने तालिका रहेको छ ।


प्रतिक्रिया