`

सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सिफारिस

Nepal One HD ११ असोज २०८१ १५:१६
प्रमुख खबर

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे सिफारिस भएका छन् । शुक्रबार बसेको न्याय परिषद् बैठकले निरौला र पाण्डेको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

हाल निरौला उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरमा मुख्य न्यायाधीशका रूपमा कार्यरत छन् । यस्तै बैठकले १४ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ ।


प्रतिक्रिया