पहिरोले काठमाडौं–नौबिसे सडक अवरुद्ध

समाज

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–९ खत्रीपौवामा सडक अवरूद्ध भएको छ । सुरूङमार्ग नजिकै लेदोसहित पहिरोले शुक्रबार दिउँसो सडक अवरूद्ध हुँदा काठमाडौं प्रवेश गर्ने र बाहिने सवारी साधन रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङले लेदो पहिरो खसेका कारण सडक अवरुद्ध भएको जनाएको छ । पानी निरन्तर परिरहेको हुँदा पहिरो पन्छ्याउन समय लाग्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट