`

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

Nepal One HD १२ असोज २०८१ २१:११
प्रमुख खबर

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ । 

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट तथा नम्बर नखुलेको बसबाट ती शवहरु निकालिएका हुन् ।

‘कुन सवारीसाधनबाट कति जनाको शव निकालेको भन्ने यकिन जानकारी हुन सकेको छैन’, उनले भने, ‘पहिरोबाट तीनवटा सवारीसाधन पुरिएका छन् ।’

पहिरोमा फसेका यात्रु र सवारीसाधनको उद्धार कार्य जारी रहेको प्रजिअ पाण्डेले जानकारी दिए । 


प्रतिक्रिया